हिस्टेरिया एक प्रकारको मानसिक समस्या हो ।

  • 17th June, 2022

हिस्टेरिया एक प्रकारको मानसिक समस्या हो ।

  • Hysteria - Filmbiebपहिला–पहिला र अहिले पनि बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि यसको नाम परिवर्तन भएको छ । अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ ।
  • हाम्रो समाजमा अझै पनि हिस्टेरिया भन्ने बित्तिकै नकारात्मक धारणाले हेरिन्छ। यौनकुण्ठा वा यौन चाहाना पुरा नहँुदा लाग्ने रोगको रुपमा यसलाई चित्रित गरिन्छ । खासमा हिस्टेरिया भनेको मनसँग सम्बन्धित कुरा हो । अन्र्तमनमा भएका भावनालाई सही रुपमा व्यबस्थापन गर्न नसक्दा वा यस्ता भावनालाई दबाएर राख्दा हिस्टेरिया हुन्छ । वा गहिरो तनाव दिमागमा लामो समय गडेर बस्यो कोही कसैसँग व्यक्त गर्ने वातवरण भएन, तनावलाई व्यवस्थापन गर्न नसक्दा हिस्टेरिया हुन सक्छ ।
  • हिस्टेरिया भएका बिरामीले अनौठो खालको व्यवहारहरू देखाउने गर्छन् । जुन स्वभाविकभन्दा भिन्न देखिन्छ । कहिले बेहोश हुने अनि कहिले बक्ने,काम्ने हुन्छ । हरेक केसमा यही कारण भन्ने थाहा हुँदैन ।

हिस्टोरिया रोग लाग्ने प्रमुख कारण के हो ?
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । या यो दिमागको खेल हो । दिमागमा एउटै विचार एक हप्ताभन्दा बढी आयो भने या विचारहरु अनियन्त्रित रुपमा आयो भने पनि यो रोग देखिन सक्छ । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । 

हिस्टेरियाका लक्षणहरू

  • एक्कासी बेहोस हुने । 
  • टाउको दुख्ने । काम्ने । 
  • शरीरको कुनै एक भाग नचाल्ने । 
  • कोही कोही बिरामीमा बोली नआउने । 
  • लामो लामो श्वास फेर्ने । 
  • डर लाग्ने ।

महिलामा हिस्टेरिया किन बढी हुन्छ ? 
हो, पुरुषको तुलानामा महिलामा हिस्टेरिया बढी हुने गरेको पाइन्छ । आठ महिलामा हिस्टेरिया भयो भने दुई पुरुषमा पनि यो देखिने गरेको छ । समाज जतिसुकै विकसित भएपनि अझै पनि महिलालाई बन्देज गर्ने प्रवृति अझै पनि कायमै छ । छोरीहरु जब बढ्दै जान्छन् अभिभावकले ठुली भयौं, छोरीले यसो गर्नु हँुदैन् यसो गर्नु हँुदैन् , समाजले यसो भन्छ लगायतका कुराहरु सिकाइन्छ । यस्ता कुरा उसको मनको इच्छा विपरित हुन्छ । आफ्ना भावना अरु सामु व्यक्त गर्न सक्दिनन्  र भावना कुण्ठित हुदै जाँदा परिणाम स्वरुप हिस्टेरिया देखापर्छ । हिस्टेरिया किशोर किशोरीमा बढी देखापर्छ । 


झारफुकले हिस्टोरिया ठिक हुन्छ भन्ने भ्रम
धेरैजसो बिरामीहरू फुक्ने,जान्नेकोमा लगिएका हुन्छन् । त्यसपछि मात्रै उनीहरू अस्पताल आउँछन् । कसैले बोलाएजस्तो लाग्ने,बोलेको जस्तो लाग्ने,पिटे भन्ने,पिटेको जस्तो अनुभव हुने खालका लक्षणहरू पनि देखिन्छन् । बिरामीलाई यो अवस्था आयो भने एन्जाइटी या डिप्रेसन भएको हुनसक्छ ।

लापरबाही गरे के हुन्छ ?
जुन ढंगले उपचार गर्नुपर्ने हो त्यो ढंगले उपचार भएन भने यो बढिरहन्छ । पटक–पटक दोहोरिन सक्छ । बिरामी अपहेलित हुँदै जान्छ । उसलाई स्कुलबाट निकाल्दिने,काममा छ भने हटाइदिने पनि गरिएको हुन्छ  । शारीरिक रूपमा यो ठूलो समस्या होइन । यसले ज्यानलाई खतरा पनि हुँदैन । तर उपचार भएन भने मनोवैज्ञानिक रूपमा तनाव भइरहन सक्छ । रोग बढिरहन सक्छ । यस्तो अवस्थामा मान्छेले दैनिक रूपमा जे काम गर्नुपर्ने थियो त्यो गर्न सक्दैन ।

उपचार
यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । यो रोगबाट म पीडित छु, मलाई सहायता गर भनेर रोगीले विभिन्न संकेत गरिरहेको हुन्छ । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।
तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।
हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामले पनि केही हदसम्म फेरि फेरि हिस्टेरिया हुन दिदैँन ।

मास हिस्टेरिया भनेको के हो ?
माथि उल्लेखित हिस्टेरिया एकजना भन्दा धेरै व्यक्तिमा देखिएमा त्यसलाई मास हिस्टेरिया भनिन्छ । एक जनालाई समस्या भएपछि अरुलाई पनि मास हिस्टेरियाको समस्या देखिएको खण्डमा त्यो ठाउँमा कुनै न कुनै किसिमको तनाव छ त्यो तनावलाई बहन गर्न नसकेको अवस्थामा समस्या देखिएको हो भन्ने बुझ्नुपर्छ ।

हिस्टेरिया एकैपटक धेरै जनालाई किन हुन्छ ?Researchers Explore Factors Related to Mass Hysteria Outbreaks in Nepal
क्लासमा होमवर्क दिएको हुन्छ । त्यो होमवर्क विभिन्न कारणले उसले गर्न सक्दैन् । सँगैको साथीलाई मैले होमवर्क गर्न पाइन । भोली मलाई टिचरले पिट्छ भन्ने कुरा गर्छन् त्यही कुरा अरुलाई पनि भन्छन् र होमवर्क नगरेकासँग यो कुरा मिल्छ ।
त्यो एक किसिमको मान्छेको फिलिङ, भावनाहरु साटासाट भएको हुन्छ । भोलीपल्ट विद्यालयमा जाँदा कुनै पनि किसिमको गलत सजायत शिक्षकले पक्कै दिन्छन् । त्यस्तो गलत सजाय भयो भने अनि मान्छेको शव कन्सेस माइन्डले कन्ट्रोल ग¥यो भने चिच्याउने, कराउने बेहोस हुने समस्या हुन्छ ।
त्यो कुरा एउटै फिलिङ भएको साथीहरुमा पनि हुन्छ । यो सरुवा रोग होइन तर मान्छेको फिलिङ, इमोशनल मिल्ने हुँदा एउटा नर्मल साथी कसैले उनलाई पिट्यो अथवा कसैले उनलाई केही ग¥यो भने पनि यस्ता समस्या आउन सक्छ ।
अथवा कोही महिला–किशोरीलाई घरमा या समाजमा कुनै समस्या भयो भने त्यो तनावलाई बहन गर्न सकेन शव कन्सेस माइन्डले उसलाई कन्ट्रोल ग¥यो भने उ आफैँलाई पनि मैले के गरिरहेको छु भन्ने कुरा थाहा हुँदैन ।
पूरै होस पनि होईन पूरै बेहोस पनि होईन यस्तो समस्या केही समय रहन्छ । एक अर्काेमा यस्ता समस्याहरु देखिन थाल्छन् । यस्तो समस्यालाई मास हिस्टेरिया भनिन्छ ।  

किशोरीहरुमा मात्रै किन यस्तो समस्या देखिन्छ ?
हाम्रो समाजमा बाल्यकालदेखि नै महिला र पुरुषको फरक—फरक भूमिकाको बारेमा जानकारी गराइन्छ । जन्मदेखि नै लालनपालन हरेक कुरामा फरक भएको हुन्छ । यो सबै कुरा हुँदाहुँदै विशेष गरेर महिला कमलो स्वभावको हुन्छ ।
कमलो स्वभाव भएको मान्छेहरु कति कुराहरु लाज मान्ने, डर मान्ने आफ्नो कुराहरु भन्न सकेका हुँदैनन् । जुन कुरालाई पुरुषले सजिलैसँग निर्वाह गरिरहेका हुन्छन् । घरकै छुटट्ै जिम्मेवारी हुन्छ । यि विभिन्न कारणले गर्दा हिस्टेरिया पुरुषमा भन्दा महिलामा बढी नै देखिन्छ ।

मास हिस्टेरियाका लक्षणहरु के–के हुन्छन् ?
मास हिस्टेरिया नेपालमा देखिएको लक्षणहरु हेर्ने हो भने धेरै जसो बेहोस हुन्छन् । मास हिस्टेरियाको बेहोस र छारे रोगको बेहोस फरक किसिमका हुन्छन् । छारे रोगमा बेहोस हुँदा मासको रुपमा जाँदैन । कुनै एक व्यक्तिलाई हुन्छ तर बेहोस भए पनि त्यो व्यक्ति पूर्ण बेहोस हुन्छ ।Mass hysteria: An epidemic of the mind ? - SUCH TV
बेहोसी समय केही सेकेन्डदेखि केही मिनेट सम्म रहन सक्छ । मुखबाट फिज आउने, आँखामाथि पल्टाउने, जिब्रो टोक्ने र कहिलेकाहिँ पिसाब पनि छोड्न सक्छ ।  तर हिस्टेरियाको बेहोसमा भने त्यस्तो केही पनि हुँदैन । कोही चिच्याउने कराउने, डराउने आत्तिने हुन्छ । 

रोकथाम र उपचार कसरी गर्ने ?
१२ देखि १६ वर्ष भनेको किशोरीको महिनावारी सुरु हुने उमेर हो । त्यो उमेरमा शरिरमा हर्माेनको परिवर्तन हुन्छ । त्यो उमेरमा गरिबी आर्थिक रुपमा पछि परेको कारण परम्परागत जस्तै धामीझाँक्री लगाउने गरिन्छ । हर्माेनल परिवर्तनको समयमा विभिन्न किसिमको तनावहरु झेल्नुपर्ने अवस्थामा त्यो तनावलाई वहन गर्न नसकेपछि ब्रेनको अबचेतन मनले गरेको रियाक्सन हो ।
मास हिस्टेरिया अथवा हिस्टेरियाको विषयमा विभिन्न किसिमको धारणाहरु रहेका छन् । कसैले विवाह गरेपछि ठिक हुने, कतिले धामीझाँक्रीलाई फुक्न लगाउने, फुक्न लगाउँदा ठिक भएको जस्तो पनि हुन्छ । यो केही क्षणलाई हुने र ठिक हुने समस्या हो त्यो कारणले गर्दा हाम्रो समाजमा नकारात्मक प्रचलन बढिरहेको छ ।

यो ठूलो मानसिक रोग होईन, यो मनावैज्ञानिक समस्या हो जुन उमेर बढ्दै गएपछि ठिक हुन्छ । तनाव स्ट्रेशलाई बहन गर्न नसकेको अवस्थामा यस्तो समस्या देखिन्छ ।  मनको कुरा बाहिर निकाल्नु पनि समस्या समाधानको एउटा बाटो हो । परामर्शले गर्ने कुरा पनि त्यही हो । किनभने यसको उपचार गर्ने भनेको नै मनोपरामर्श तथा काउन्सिलले ठिक पार्ने हो । त्यसैले हामीले मनोपरामर्श गर्दा दबाएर राखेको स्ट्रेशलाई बाहिर निकाल्ने काम हुन्छ ।

मास हिस्टेरियाको लागि अरु व्यक्तिको भूमिका के हुन सक्छ ?
परिवार, शिक्षक र समाजको पनि सकारात्मक भूमिका हुनुपर्छ । मानसिक रोग लाग्यो भन्दैमा विवाह गरेर ठिक हुन्छ भन्ने १२÷१३ वर्षको किशोरीलाई विवाहको कुरा गर्दा झन तनाव हुन्छ । यस्तो किमिसको कुराहरुमा हामी अल्झीनु भएन किनभने यो समस्या पुरुषलाई पनि हुन्छ र विवाह गरेर समस्याको समाधान हुने होईन ।
राम्रोसँग परामर्श भएको खण्डमा आउने दिनहरुमा त्यस्तो तनावलाई झेल्न सक्ने अवस्था हुन्छ । तर किशोरी अवस्थामा समस्या देखिएको महिलामा ४० वर्षपछि पनि एक किसिमको हर्मनल परिवर्तन हुन्छन् ।
त्यो समयमा महिनावारी रोकिन्छ विभिन्न सामाजिक तनावहरु सिर्जना हुन्छन् । त्यो समयमा पनि हिस्टेरिया देखिन सक्छ । तर मासलाई हुँदैन । एक जना व्यक्तिलाई मात्रै हुन्छ ।

मास हिस्टेरियाको बिरामीलाई कस्तो असर पर्छ ?
त्यस्तो ठूलो असर हुँदैन तर बारम्बार बेहोस हुन थाल्यो भने मान्छे डिप्रेशनमा जान सक्छ । डिप्रेशन हिस्टेरिया भन्दा कडा रोग हो । डिप्रेशनपछि काम गर्न नसक्ने, आत्महत्या गर्ने गर्छन् । आत्महत्याको एक कारक पनि डिप्रेशन नै हो । त्यसैले हामीले यो एउटा मनोवैज्ञानिक समस्या हो । यो कन्र्भजन भएको समस्या हो । तनावलाई झेल्न नसकेर शव कन्सेस माइन्डबाट कन्ट्रोल गरेको फुल्ली कन्सेसमा नगएको अवस्था हो ।
यस्ता समस्या भएको खण्डमा पराशर्म लिनुपर्ने देखिन्छ । परामर्शबाट नागरिकको मिथ्या धारणालाई पनि हटाउनुपर्छ । औषधी खुवाउनुपर्ने, मानसिक डाक्टर कहाँ लानुपर्ने, विवाह गर्नुपर्ने जस्ता कार्य गर्नुपर्दैन, परामर्शबाट नै निको हुन्छ ।  

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment