आत्महत्याको सोच आयो ? ११६६ मा फोन गर्नुहोस् ।

  • 5th October, 2021

११६६ मा किन फोन गर्ने ?
प्रहरीलाई खबर गर्नु परेमा १०० मा डायल गरेजस्तै आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ हो । ११६६ मा डायल गरेर आफ्नो मानसिक अवस्था र अस्थिरता बताउन सकिन्छ । यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको निःशुल्क हेल्पलाइन नम्बर हो । यसमा फोन गर्दा शुल्क लाग्दैन ।

कस्ता व्यक्तिले ११६६ मा फोन गर्ने ?
जो कसैलाई मनमा गाह्रो भइरहेको छ, तनाव सामना गर्न गाह्रो भएको छ र आफैंलाई हानि पुर्याकउने वा दुख दिन मन लागेको छ, उहाँहरुले यो नम्बरमा फोन गर्न सक्नुहुन्छ ।

११६६ मा कहिले फोन गर्ने ?
तपाईंलाई जहिले मनमा गाह्रो महसुस हुन्छ, तनाव हुन्छ, आफैंलाई हानी पुर्याउन वा दुख दिन मन लाग्छ त्यति नै बेला गर्न सक्नुहुन्छ । तालिम प्राप्त मनोपरामर्शदाताले तपाईंलाई त्यस्तो सोचबाट बाहिर आउन मद्दत गर्न सक्दछन् ।

मेरो समस्या र विचारको बारेमा अरुले थाहा पाए भने ?
यो फोनमा गरेका कुराहरु गोप्य रहन्छन् । तपाईंले निर्धक्कसँग आफ्नो मनका कुरा गर्नसक्नुहुन्छ ।

११६६ अब तपाईंको साथी
आफ्नो मनमा भएका तनावको बारेमा कुरा गरेर मन हल्का बनाउन, आफ्नो सहयोगी सञ्जाल पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धी उपलब्ध सहयोगको बारेमा थाहा पाउन यो नम्बरमा फोन गर्नुपर्दछ। साथै सबैभन्दा महत्वपूर्ण कुरा आत्महत्या तथा आत्महानिको सोच आउनु भनेको आफैंमा एउटा समस्या भएको कारण यो समस्याको बारेमा कुराकानी गर्न र यस्तो सोचबाट बाहिर आउनको लागि फोन मार्फत सेवा लिन सकिन्छ ।

मैले आत्महत्या रोकथाममा कसरी सहयोग पुर्याउन सक्छु ?
आत्महत्या रोकथाम गर्नु हामी सबैको जिम्मेवारी हो । हामी सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्यौं भने आत्महत्या रोकथाम गर्न सकिन्छ । तपाईं आफूलाई आफ्ना नजिकका साथीभाइ वा नातेदारमा आत्महत्याको जोखिम देख्नुभयो भने नआत्तिनुहोस तर संवेदनशील हुनुहोस् र तुरुन्तै नजिकको मनोचिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क राख्नुहोस ।

आत्महत्या रोकथाम अब हामी सबैको जिम्मेवारी

  • आत्महत्याको तयारी पनि गरेको अवस्था भए आत्महत्या गर्ने साधनलाई नभेट्ने ठाउँमा राख्नुहोस् । साथीसँगै या परिवारमा रहनुहोस् । आफ्नो मनमा आत्महत्याको विचार बारम्बार आइरहेका उहाँहरुलाई भन्नुहोस् । सम्भव भएमा पारिवारिक सदस्यको सहयोगका साथै ११६६ हेल्पलाइन मार्फत सहयोग लिनुहोस् ।
  • यदि तपाईंको साथीलाई या परिवारका सदस्या या अरु कोही आत्महत्या गर्न खोेजेको छ या आत्महत्या गर्छु भनेको छ भने त्यसलाई खेलाँची नसम्झनुहोस् । उसको साथ नछोड्नुहोस् । तपाईंको साथ र मायालु कुराले उसको मनमा जीवनप्रतिको उत्साह फर्किन सक्छ । उसलाई ११६६ मा फोन गरेर कुरा राख्न र परामर्श लिनका लागि प्रोत्साहित गर्नुहोस् ।
  • आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या हो । सामाजिक तथा व्यवहारिक कारणले यी सोच अझै बढ्न सक्दछ । मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रुपमा निको हुन्छ । आत्महत्या तथा आत्महानीको सोच आएमा यस्तो सोच र व्यवहारलाई आफू भित्र मात्र नराखौं । सहयोग लिऔं, सहयोग गरौं ।

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment