कतै तपाईंलाई बोस फोबिया त छैन ?

  • 23rd November, 2021

5 Tips To Handle a Lot of Work - lifeberrys.comकेही समयअघि उपचारका लागि एक ३२ वर्षीय पुरुष आएका थिए, जो मिडियामा कार्यरत थिए। उनीभन्दा माथि तीनजना बोस (हाकिम) रहेछन्। उनीहरूमध्ये एक जनाको व्यक्तित्वसँग उनलाई सम्झौता गर्न गाह्रो हुन्थ्यो। उनको डेडलाइन (समय सीमा) एकदम स्ट्रिक्ट हुने, साँझ–बिहान नभनी काम गर्नुपर्ने, कामको चापाचाप हुन्थ्यो। बिस्तारै कामको प्रेसर र ‘बोस’प्रतिको एक खालको डरले उनलाई ‘प्यानिक अट्याक (चिट्चिट् पसिना आउने, बोल्न अकमकिने, राति पनि कामकै चिन्ता लाग्ने) हुन थाल्यो।

यसको तीन महिना जतिपछि उनीमा आत्महत्याको भावना पनि आउन थालेको थियो। डरका कारण उनले काममा ध्यान दिन नसकेपछि तीनजनामध्ये एक बोसले उनको त्यो कुरालाई नोटिस गरेर सोधपुछ गरे। उनको समस्या बुझेर ती बोसले पनि समस्या समाधानका लागि पहल गरे। तर फ्रस्ट्रेसन बढेपछि केही समयमै ती बिरामीले काम छाडे। त्यो ठाउँमा उनले काम गरेको चार वर्ष भइसकेको थियो। 

Worked to Death? Employees with Little Control Over Their Work Die Youngerयस्तै, एक ४० वर्षीया महिला पनि यस्तै खालको समस्या लिएर आएकी थिइन्। उनी सिनियर पोस्टमै थिइन् तर उनीभन्दा माथिल्लो पदमा एकजना बोस थिए। हरेक काम पर्फेक्ट चाहिने खालको बोसको प्रवृत्ति थियो। कर्मचारीले जति नै राम्रो काम गरे पनि टिप्पणी गर्ने ती बोसको बानी थियो। हरेक काममा गल्ती खोतल्ने बानीका कारण ती महिलालाई ‘मैले जति राम्रो काम गरे पनि अब गल्ती निकालिहाल्छ’ भन्ने डर विकसित हुन थाल्यो। 

यही कारणले नै उनीमा एक किसिमको एन्जाइटी समेत दखिन थाल्यो। साथै राति निद्रा नलाग्ने र उच्च रक्तचाप पनि देखियो। उनलाई अस्पताल समेत भर्ना गर्नुपरेको थियो। केही समयपछि ती महिलालाई आफ्नो बोससँग डर लाग्न थालेको चाल पाएपछि उनका श्रीमान्ले अन्य विकल्प रोज्न सुझाए र ६ महिनापछि उनले सो संस्थाबाट राजीनामा दिएकी थिइन्। यी दुई उदाहरण मात्र हुन्। यस्ता केस आइरहेका हुन्छन्।

बोस फोबिया

बोस फोबिया सामान्य बोलीचालीमा त्यति प्रयोगमा आएको छैन। तर, यो एक प्रकारको मानसिक रोगमै पर्छ। कुनै व्यक्तिलाई कुनै कुरा वा चिजबाट डर लाग्छ भने त्यसलाई फोबिया भनिन्छ। 

विशेषगरी आफूभन्दा सिनियरलाई बढी आदरसम्मान गर्नुपर्छ भन्ने संस्कारमा हुर्केमा व्यक्तिमा बोस फोबिया भएको पाइन्छ। हाम्रो संस्कृतिमा पनि यो पाइन्छ। बोस (सञ्चालक, प्रबन्धक, हाकिम वा उच्च पदस्थ व्यक्ति) आफूभन्दा ठूलो हैसियतको हो, उसमा अधिकार वा शक्ति छ भन्ने विचारका कारण कसैमा एक प्रकारको डर उत्पन्न हुन्छ। 

बोस फोबिया हुनुमा दुई पक्षको उत्तिकै हात हुन्छ। जस्तो ः कुनै व्यक्ति उच्च पद वा अधिकारमा पुगेपछि ‘पावर प्ले’ गर्न थाल्छ। जसकारण ती व्यक्तिमा ‘बोस’देखि डर उत्पन्न हुन सक्छ, जसलाई काम वा जागिरको आवश्यकता छ, आयस्रोत कम छ, प्रगतिका लागि काम गरिरहेको छ, भविष्यबारे धेरै चिन्ता छ। साथै कतिपय व्यक्तिमा कुनै कार्यालयमा काम गरिरहँदा ‘यो नै मेरा अल्टिमेट ठाउँ हो’ भन्ने मानसिकता हुँदा सो व्यक्तिलाई आफ्नो ‘बोस’सँग एक प्रकारको डर उत्पन्न हुन्छ। बोसले आफ्नो कर्मचारीलाई कस्तो व्यवहार गर्छ, आफ्नो पदको कसरी प्रयोग गर्छ र कर्मचारीले पनि त्यसलाई कसरी लिन्छन् भन्ने कुरामा पनि ‘बोस फोबिया’ निर्भर रहन्छ। 
 
परिस्थितिको सामना कसरी गर्ने ?

कतिपय बोसमा अरुलाई निच देखाउनैपर्ने स्वभाव हुने, तर्कसहित आफूभन्दा सानो पदको मान्छेलाई होच्याउने पनि हुन्छ। तर्कसहित होच्याउँदा कर्मचारीलाई पनि त्यो कुरा सत्य लाग्छ। 

तर सबै आ–आफ्नो ठाउँमा ठीक हुन्छन्। कुनै पनि संस्था राम्रो हुनुमा एक व्यक्ति मात्र नभई टिम–वर्कले मात्र सफलता पाउने हो। आफू कार्यरत संस्थाप्रति सबैको आफ्नै जिम्मेवारी र कर्तव्य हुन्छन्। तर बोससँग डराएर कामको उत्पादन हुन सक्दैन। कुनै समस्या जन्मेको हो भने त्यसको समाधानका लागि सुरुमा बोससँग नै यस विषयमा खुलेर कुरा गर्नुपर्छ। चित्त नबुझेको कुरामा आफैँले उपाय निकाल्न सकिन्छ। समस्या समाधानको सबैभन्दा उपयुक्त उपाय भनेकै आफूलाई खुला राख्नुका साथै आफ्नो दक्षता विकास गर्नु नै हो। 

कतिपय कर्मचारी बोससँग असहजता हुनेबित्तिकै संस्था छाड्ने वा परिस्थितिसँग भाग्ने गरेको पनि पाइन्छ, यो अन्तिम उपाय वा विकल्प होइन। असहजता भए पनि विशिष्ट प्रकृतिको बोससँग आफ्ना कुरा राख्न सक्यो भने व्यक्ति प्रगति गर्न वा एडजस्ट हुन सक्छ। यो एउटा प्लस प्वाइन्ट हो। 

अहिले कतिपय मानिस एक–दुई महिनामा अफिस बदल्ने गरेको पनि पाइन्छ। यो भनेको सो व्यक्तिले डिल गर्न नजानेको, परिस्थितिको सामना गर्न नसकेको, आफूमा लचकता नभएको भन्ने बुझिन्छ। आफैँ डिल गर्न जान्यो भने जस्तोसुकै संस्थामा वा व्यक्तित्वसँग पनि टिक्न सकिन्छ।

बोस फोबिया भएको कसरी थाहा पाउने ? 

What next for the community trademark?बोसअगाडि आउँदा चिटचिट पसिना आउने, अस्वस्थ्य महसुस हुने, निस्सासिएको महसुस हुने, बोसको डरले अफिस नै जान मन नलाग्ने, बोसको क्याबिनमा जान गाह्रो हुने, खुट्टा काँप्ने, एन्जाइटी हुने लगायत लक्षणबाट आफूलाई बोस फोबिया भएको थाहा पाउन सकिन्छ। 

यसबाहेक कतिपयमा निद्रा राम्ररी नलाग्ने, अफिसकै कुरा दिमागमा घुम्ने, सपनामा बोसलाई ‘नाइटमेर’ जस्तो देख्ने, अफिसमा काम गर्न जाँगर नलाग्ने, उदास हुने, बोस वा सम्बन्धित व्यक्ति अगाडि आउँदा रिस उठ्ने, एलर्जी भएजस्तो हुने, सो व्यक्ति अफिस नआए हुने भन्ने भावना आउने, सो व्यक्तिको अनुपस्थितिमा खुला वा हलुका महसुस हुने, अफिस नै छाड्ने भावना बलियो हुने लगायत लक्षण पनि देखिएका छन्। 

उपचार

अन्य मानसिक रोगमा जसरी बोस फोबियाको उपचारमा औषधिभन्दा पनि काउन्सिलिङ र साइको थेरापी बढी उपयुक्त हुन्छ। बोस फोबियाकै कारण खानपान, निद्रा लगायत दैनिकीमै समस्या आएमा चिकित्सकको सल्लाह अनुरूप औषधि लिन सकिन्छ। बोस फोबियाका लक्षण देखिएको कम्तीमा दुईदेखि चार साता नाघेको हुनुपर्छ। 

कतिपय अवस्थामा आफूले विगतमा भोगेका घटना वा बोससँगको सम्बन्ध बिग्रिँदा उत्पन्न भएको तनावका कारण पनि विभिन्न प्रकारका मानसिक समस्या आउन सक्ने सम्भावना रहन्छ। 

अन्य मानसिक रोगले बिरामी स्वयं, बिरामीको परिवार र समाजलाई असर गरेको हुन्छ भने बोस फोबियामा सबैभन्दा ठूलो असर संस्थालाई पर्ने हुन्छ। संस्थामा कार्यरत कुनै व्यक्ति बोस फोबियाबाट ग्रसित हुँदा उत्पादनमा ह्रास आउँछ। बोस फोबियाकै कारण व्यक्तिमा एन्जाइटी, डिप्रेसन लगायत समस्या देखिन सक्छ।

बोस फोबिया विशेषगरी अफिसको वातावरणका कारण सिर्जना हुने भएकाले यसका बिरामी कुनै न कुनै संस्थामा आबद्ध भएका हुन्छन्। अहिलेको अवस्थामा युवाहरूमा विशेषगरी बोस फोबियाको समस्या देखिएको छ। उनीहरूमा एक प्रकारको आफ्नो करिअर बनाउने जोस–जाँगर हुने र आफूलाई बढीभन्दा बढी एक्स्पोज गर्ने उद्देश्य हुन्छ। कुनै एक व्यक्ति (बोस)का कारण समस्या आउँदा, अफिसमा कसैको व्यवहार चित्त नबुझ्दा पनि यस्ता समस्या आउने हुन्छ। धेरै समय काम गरिसकेको व्यक्तिमा डिल गर्न सक्ने क्षमता वृद्धि भइसकेको हुन्छ। त्यसै कारण यही उमेर समूहका व्यक्तिलाई बोस फोबिया हुन्छ भन्ने निश्चित छैन। 

(साभार)

Our top doctor on Psychiatrist

View All

Dr. Nishita Pathak

Psychiatrist

MBBS (Bangladesh), MD ( TOM, TUTH)

Dr. Ajit Kumar Gurung

Psychiatrist

MBBS, MD, DPM Consultant Neuropsychiatrist Behaviour Psychotherapist &Clinical Psychotherapist

Dr. Utkarsh Pokherel

Psychiatrist

MD Psychiatry (TU) DM Child and Adolescent

Dr. Kension Shrestha

Psychiatrist

MBBS, MD (Institute of Medicine, IOM, TUTH).

Dr. Nishita Pathak

Psychiatrist

MBBS (Bangladesh), MD (TOM, TUTH) Psychiatrist

Dr. Shikar B Swar

Psychiatrist

Psychiatry(HMU) Psychiatrist

Dr. Raman Koirala

Psychiatrist

MBBS, MD Psychiatry, PGIMER

Dr. Richa Amatya

Psychiatrist

MBBS(Bangladesh), MD Psychiatry (Manipal, Pokhara) .

Dr. Pradeep Pandey

Psychiatrist

MBBS, MD( Consultant psychiatrist)

Leave Comment