ससाना कुरा विर्सिएर हैरान हुनुहुन्छ ? कतै अल्जाइमर्सको संकेत त होइन ?

  • 12th December, 2021

अल्जाइमर्सका संकेतहरु केके हुन् ? किन हुन्छ अल्जाइमर्स ? 
   बुढ्यौलीसँगै शरीरका धेरै क्षमतामा ह्रास आउँछ । योमध्ये सम्झने शक्तिमा आउने ह्रास अर्थात विस्मृति हुनु स्वभाविक प्रक्रिया हो । बुढ्यौलीका कारण विस्तारैविस्तारै
Alzheimer, Royalty-free Alzheimer Vector Images & Drawings | Depositphotos®सम्झन नसक्नु एउटा कुरा हो भने बुढ्यौलीसँगै विर्सने रोगले अति नै सताएको छ भने अल्जाइमर्स भएको हुनसक्छ ।
    केही कुरा सम्झन नसक्दैमा अल्जाइमर्स हो भन्न सकिदैँन । यो रोग लागेको दुई वर्षपछि मात्रै थाहा हुन्छ । अल्जाइमर्सका कारणले कतिले आफ्ना परिवारका सदस्यलाई पनि चिन्न सक्दैनन् । 

अल्जाइमर्स रोग लागेको कसरी थाहा पाउने ?
दिमागका दुईवटा विकार ‘एमिल्वाइड प्लेक’ र ‘न्यूरोफिब्रिलरी टंगल्स’ अनुसार रोग पहिचान गरिन्छ । एक प्रकारको एमिलोइड भनिने प्रोटिनको असाधारण थुप्रोले ‘प्लेक’ बनेका हुन्छन् । त्यस्तै अर्को प्रकारको ‘टाउ प्रोटिन’ ले बेरिएर बनेको ‘टंगल्स’ हुन्छन् । यही ‘प्लेक तथा टंगल्स’ ले स्नायु कोषमा रक्त सञ्चार अवरुद्ध पार्छन् । खराब प्रोटिन जम्मा हुन थाल्दछ । मस्तिष्कमा हुने न्यूरोनहरूमा खराब प्रोटिन जम्मा भएर स्मरण शक्तिमा ह्रास आउने प्रक्रियालाई ‘अल्जाइमर डिमेन्सिया’ भनिन्छ । त्यसको असरले दिमागमा ‘स्टोर’ गरेका कुरा चाहिएको बेला प्रयोग गर्न सक्दैनन् ।
Early Alzheimer's Disease Detection May Benefit New Stem Cell Therapy |  MNeuronet | Michigan Medicine | University of Michigan
विभिन्न रिसर्चले ‘मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेका मानिसलाई डिमेन्सिया भएको बताएको छ । ती मानिसहरूमा विस्मृति रोग लागेमा, ती रोग नियन्त्रण आएमा स्वतः कम हुने मान्यता छ । रोग लाग्नुका पछाडि मानिस निस्क्रिय बस्नु हो । यदि  ६५ कटेका मानिस निस्क्रिय रुपमा रहँदा मष्तिस्कमा खराब प्रोटिन जम्मा हुन्छ, फलस्वरुप अल्जाइमर डिमेन्सिया हुन पुग्दछ । 

अल्जाइमर्सका लक्षणहरु ः
एम्नेजिया
(बिर्सने)ः सामान्य रुपमा बिर्सने नभई घर परिवारको सदस्य पनि चिन्न नसक्ने अवस्थालाई एम्नेजिया भनिन्छ । आफूले पहिले गरेको काम बिर्सन्छन् ।
एक्नोजिया (बस्तु नचिन्नु) ः आफूले दैनिक प्रयोग गरिरहेका वस्तु बिर्सने हुन्छन् । प्राध्यापकले कलम नचिन्ने अवस्था ।
एफेजिया(बोली अड्कनु) ः बोल्न कठिनाइ हुनु, नयाँ शब्द सम्झन नसक्नु र बोली बन्द हुने अवस्था आउनुलाई एफेजिया भनिन्छ ।  
एप्रेक्सिया ः दिमागले अह्राएर गर्नुपर्ने स–साना काम गर्न नसक्ने अवस्था एप्रेक्सिया हो । उदाहरणका लागि सटमा टाँक लगाउन नसक्नु ।
एल्टर एक्जुक्यूटिक फङसनिङ ः दिमागले योजना बनाएर काम गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । व्यावहारिक रुपमा कार्यालयका कामलाई योजनाबद्ध ढंगबाट गर्न सक्दैनन् । उदाहरणका लागि गृहिणी महिलाले चिया पकाउने तरिका बिर्सने गर्दछ ।

अल्जाइमर्सबाट बच्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ः
उच्च रक्तचापः
चिकित्सकको सल्लाहअनुसार उच्च रक्तचाप कम गर्ने औषधि सेवन गर्ने गर्नुपर्दछ । सामान्यतया एक पटक उच्च रक्तचापको औषधि लिएपछि लिइरहनुपर्ने भ्रमबाट मुक्त हुनु पर्दछ ।
 मुटुसम्बन्धी रोगः मुटुसँग सम्बन्धित रोगका कारणले डिमेन्सिया भएका छन् भने मुटुको नियमित परीक्षण तथा उपचार गराउनु पर्दछ ।
शारीरिक व्यायामः बिहान बेलुका कम्तीमा आधा घण्टा पसिना बग्ने गरी हिँडडुल गर्नुपर्दछ । जसले रक्तसञ्चार सक्रिय बनाउँदछ ।
खानपानमा ध्यानः खानपानमा हरिया सागसब्जी, ब्रोकाउली, टुसा उम्रेका क्वाटीको झोल, ओखर बदाम, दूधमा आधा चम्चा बेसार राखेर खानु पर्दछ । फ्रेस फलफूल तथा माछा खान सकिन्छ । जसमा ‘ओमेगा थ्री फ्याटी एसिड’ हुन्छ । ओमेगा थ्री दिमागका लागि महत्वपूर्ण मानिन्छ ।
सामाजिक क्रियाकलाप ः सामाजिक तथा पारिवारिक जमघटमा सहभागी गर्नुपर्दछ । त्यसले दिमाग सक्रिय बनाउन मद्दत गर्दछ । खराब प्रोटिन दिमागमा जम्मा हुन पाउँदैनन्, जसले अल्जाइमर डिमेन्सिया हुनबाट जोगाउँछ ।
मस्तिष्कको कसरत ः स्नायु प्रणालीलाई सक्रिय बनाउन कसरतले मद्दत मिल्नेछ । चेस, बागचाल, कोठेपद, सांगीतिक बाजा बजाएर कसरत गर्न सकिन्छ । डिमेन्सियालाई न्यूनीकरण गर्न सकिन्छ ।

कस्तो व्यक्तिलाई हुन्छ ?
– स–साना कुरा बिर्सेर कार्यालय जानमा ढिलाइ भैरहने  ।
– पहिले विभिन्न काम सम्हाल्न सक्ने तर पछिल्लो समयमा गर्न नसक्ने खालका हुन्छन् ।
– यदि कुनै व्यक्तिले बारम्बार एउटै कुरा दोहो¥याएर भनिरहन्छ भने त्यस्ता व्यक्तिलाई अल्जाइमर डिमेन्सिया हुन सक्दछ ।
– आफूले राखेको कुरा बिर्सने र खोजेको खोज्यै गर्ने गर्दछन् ।
– एउटै काम दोहो¥याएर गरिरहने गर्दछ ।
– वंशाणुगत रुपमा बिर्सने रोग भएको परिवारमा रोग लाग्ने सम्भावना हुन्छ । वंशानुगत रुपमा ६० वर्षभन्दा माथिको उमेर समूहलाई अल्जाइमर हुन सक्तछ । नेपालमा महिला र पुरुष दुवैलाई समस्या देखिएको छ ।

उपचार कसरी गर्ने ?
रोग लागेको २ वा ३ वर्षपछि मात्र अल्जाइमर्स भएको थाहा हुन्छ । यसको पूर्ण रोकथाम गर्ने उपाय छैन । तथापि औषधि सेवनले जुन रफ्तारमा कोषिकाहरू ध्वस्त बनाइरहेका हुन्छन् त्यसलाई नियन्त्रण गर्ने गर्छ ।
त्यसबाहेक जोखिमको न्यूनीकरण गर्न मुटुलाई स्वस्थ राख्नुपर्ने हुन्छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग लाग्न दिनु हुँदैन । नियमित शारीरिक व्यायाम, स्नायु प्रणालीलाई सक्रिय बनाउन खेल खेल्ने, सागपात तथा फलफूल सेवन गर्ने र सामाजिक तथा पारिवारिक जमघटमा सहभागी हुनु पर्दछ । 

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment